प्रदेश २ मा काेराेना संक्रमण घट्न थालेकाे छ।साेमवार ९५ महिला सहित २८९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय अनुसार धनुषामा १३४ जनामा काेराेना संक्रमित थपिएका हो।

जनकपुर उप-नगरपालिका वडा नं १ र ८ मा १०-१० जनामा संक्रमण देखिएकाे छ। धनुषामा थपिएका संक्रमित मध्ये अधिकांश जनकपुरधाम उप-महानगरपालिका कै रहेको बुझिएको छ।

यस्तै महाेत्तरीमा ४५ जना, सिरहामा ४, सप्तरीमा ३२, राैतहटमा २०, सर्लाहीमा १९, बारामा १२ र पर्सामा १९ जना संक्रमित थपिएका छन्।

यस प्रदेशमा हाल सम्म ३० हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ।जसमध्ये १९ हजार २२० जना निकाे भईसकेका छन्। साेमवार ५५ जना निकाे भएको छन् भने मृत्युु हुनेकाे संख्या ५८१ पुगेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here