सर्लाही : सर्लाही सेवा समाज कुवेतको सहयोगमा हरिवन नगरपालिकामा राहत वितरण गरिएको छ।

बढ्दो कोरोना संक्रमण र जारी निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी खाने विपन्न परिवारलाई सहयोग पुर्‍याउने हेतुले राहत वितरण गरिएको समाजले जनाएको छ।

नगरपालिकाका वडा नम्बर १, ३, ४, ५ र ८ नम्बर वडाका ४० घरधुरीलाई राहत वितरण गरिएको वितरणका नेतृत्वकर्ता युवा संघ नेपालका केन्द्री सदस्य सिंग योन्जनले सर्लाही एक्सप्रेसलाई बताए।

राहतस्वरुप प्रति घरधुरी २५ किलो चामल, २ किलो दाल, नुनतेल साबुनजस्ता सामग्री वितरण गरिएको उनले बताए। साथै कोरोना संक्रमणबाट बच्न केही स्वास्थ्य सामग्री जस्तै मास्क तथा सेनिटाइजर पनि वितरण गरिएको योन्जनले बताए।

सेवासमाजका अध्यक्ष सूर्य लामाको पहलमा दाताहरूबाट रकम संकलन गरी नेपाल पठाइएको र त्यसैअनुसार आफूहरूले राहत वितरण गरेको योन्जले जानकारी दिए।

वडाध्यक्षहरूको पहलमा राहत वितरण गरिएको उनले जानकारी दिए।

राहत वितरणका कार्यमा आदिवासी लोकतान्त्रिक जनजाति महासघंका उपाध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धन बहादुर वाइबा, नेकपा एमालेनिकट अखिन नेपाल महिला संघ सर्लाही जिल्ला सचिव लिली घिसिङ, महिला नेत्री पद्मा मोक्तान, हरिवन नगरपालिका वडा नम्बर ५ सदस्य सजनी स्याङ्तान लगायतको कार्यक्रममा उपस्थिति थियो।

त्यस्तै युवा समाजसेवी कुलवीर थापा, हरिवन युवा संघ नगर संयोजक मिलन लामा तथा सर्लाही सेवासमाज कुवेतका सल्लाहकार गुलाम नवीन मन्सुरको पनि कार्यक्रममा उपस्थिति थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here