सर्लाही : सिन्धुलीमा सर्लाहीका एक कोरोना संक्रमितको हिजो मृत्य भएको छ। सर्लाही लालबन्दी नगरपालिकाका ५७ वर्षीय पुरुषको मृत्यु भएको सिन्धुली कोभिड अस्पतालले जानकारी दिएको छ।

सिन्धुली कोभिड अस्पतालले दिएको जानकारीअनुसार आज कमलामाई नगरपालिकाका ४९ वर्षका संक्रमितको मृत्यु भएको हो। हिजो पनि सिन्धुलीका एक संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृतक तीनै जना कोभिड अस्पताल सिन्धुलीमा उपचाररत थिए।

सिन्धुली अस्पतालमा अस्ति मात्र लालबन्दी-१७ की २१ वर्षीय युवतीको मृत्यु भएको थियो। शनिबार उच्च ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

अस्पतालमा उनको कोरोना परीक्षण गरिएको थियो। शनिबारै उनको रिपोर्ट पोजेटिभ आएको अस्पतालले बताएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here