प्रदेश २ मा हाल सम्म १९ हजार २ सय २० जनाले कोरोना संक्रमणमुक्त भएका छन्।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादवका अनुसार हालसम्म कोरोनाबाट ३० हजार ३ सय ९८ जना संक्रमित भएकामा १९ हजार २ सय २० जनाले कोरोनालाई जितेका छन्।

त्यसैगरी प्रदेश २ मा कोरोनाका सक्रिय संक्रमित संख्या १० हजार ५ सय ९७ पुगेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये ९ हजार ८ सय ९२ जना होम आइसोलेसनमा र ७ सय ५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।

त्यसैगरी कोरोनाका कारण मृत्यु हुने संख्या ५ सय ८१ पुगेको वरिष्ठ चिकित्सक डा. यादवले जानकारी दिए।

कोरोनाका सक्रिय संक्रमित सबैभन्दा बढी पर्सामा छन्। पर्साका संस्थागत आइसोलेसनमा ३ सय १८ जना तथा होम आइसोलेसनमा २ हजार ८ सय १७ जना गरेर ३ हजार १ सय ३५ जना उपचार गराइरहेका छन्।

धनुषाका संस्थागत आइसोलेसनमा २ सय ५१ जना तथा होम आइसोलेसनमा १ हजार ९ सय ११ जना गरेर कुल सक्रिय संक्रमित संख्या २ हजार १ सय ६२ जना छन्।

महोत्तरीका संस्थागत आइसोलेसनमा १७ जना तथा होम आइसोलेसनमा १ हजार ६ सय ५३ जना गरेर १ हजार ६ सय ७० जना छन्। बाराका संस्थागत आइसोलेसनमा ४ जना तथा होम आइसोलेसनमा १ हजार १ सय ३३ जना सक्रिय संक्रमित चिकित्सकको निगरानीमा उपचारमा रहेको मन्त्रालयले जनाएको छ।

सप्तरी जिल्लाको संस्थागत आइसोलेसनमा २८ जना तथा होम आइसोलेसनमा १ हजार ५ जना गरेर १ हजार ३३ जना सक्रिय संक्रमित छन्। रौतहट जिल्लाको संस्थागत आइसोलेसनमा ३४ जना तथा होम आइसोलेसनमा ६ सय ४३ जना गरेर कुल ६ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यसैगरी सिरहा जिल्लाको संस्थागत आइसोलेसनमा ४७ जना तथा होम आइसोलेसनमा ५ सय २५ जना गरेर ५ सय ७२ जना कोरोनाका सक्रिय संक्रमित छन्। सर्लाहीमा सबैभन्दा कम २ सय ११ जना कोरोनाका सक्रिय संक्रमित छन्। जसमा संस्थागत आइसोलेसनमा ६ जना तथा होम आइसोलेसनमा २ सय ५ जना संक्रमित छन्

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here