चीनका दुई बेग्लाबेग्लै चिडियाखानाहरूमा बाघहरूले दुईजना कर्मचारीलाई मारेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

पहिलो घटना आइतबार भएको थियो। आन्हुई प्रान्तमा बाघको खोर सफा गर्दै गर्दा ५५ वर्षीय कर्मचारी याङलाई बाघले आक्रमण गरेको थियो।

चाङगोङशान चिडियाखानामा याङ विगत दुई दशकदेखि कार्यरत थिए ।

मंगलवार हेनान प्रान्तको चिडियाखानामा जिया नामक कर्मचारीलाई दुईवटा बाघले आक्रमण गरेर खोरबाट भागेपछि प्रहरीले तिनीहरूमाथि गोली प्रहार गरेको थियो । जियाको मृत्यु अस्पतालमा भएको थियो ।

ती दुई बाघलाई बेहोश बनाउने वा जालोमा पार्ने प्रयास विफल भएको थियो। उनीहरू घना जंगलमा प्रवेश गरेर स्थानीय बासिन्दालाई हानि गर्लान् भनी प्रहरीले गोली हान्ने निर्णय लिएको थियो।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here