सर्लाही : सर्लाहीमा पछिल्लो २४ घण्टामा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै जिल्लामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

मंगलबार राति तथा बुधबार बिहान गरी ४ जनाको मृत्यु भएको हो। ईश्वरपुर नगरपालिकाका दुई जनाको निधन भएको छ।

ईश्वरपुर नगरपालिका वडा नम्बर ३ की ५८ वर्षीया महिला र वडा नम्बर १५ का २५ वर्षीय पुरुषको मृत्यु भएको हो। ५८ वर्षीया महिलाको नारायणी अस्पताल वीरगंजमा उपचार क्रममा मृत्यु भएको हो।  त्यस्तै ईश्वरपुर नगरपालिका–१५ का २६ वर्षीय युवकको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

ईश्वरपुरमा बढ्दो संक्रमणका कारण हाल नगरपालिका सिल गरिएको छ। नगर प्रमुख मनोज देवकोटाका साथै अन्य केही वडाध्यक्ष र जनप्रतिनिधि र नगर क्षेत्रका बैंकमा रहेका कर्मचारीमा पनि कोरोना संक्रमण पाइएपछि नगरपालिका सिल गरिएको हो।

यसैगरी लालबन्दी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको सिन्धुली अस्पताल र ब्रम्हपुरी गाउँपालिका–६ का ५५ वर्षीय पुरुषको सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बरहथवामा ८४ जनाको स्वाब जाँच्दा ५६ जना संक्रमित

त्यस्तै बरहथवा नगरपालिकाले केही दिनअघि ८४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा बुधबार बिहानसम्म ५६ जनाको रिपोर्ट आएको छ।

जसमा ४० जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ। बाँकी २८ जनाको रिपोर्ट भने आइनसकेको नगरपालिकाले जनाएको छ।

बरहथवा नगरपालिकाअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख सत्यनारायण यादवले बाँकी २८ जनाको स्वाब पुनः परीक्षण गरेर आजै साँझसम्म नमुना पठाउने बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here