सर्लाही : नागरिकताविहीनहरूले जनताले नागरिकता पाउने भएपछि स्थानीयले नागरिकता अध्यादेशको समर्थनमा रौतहट, बारासहित मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन्।

सरकारले नागरिकता समस्या समाधान गर्ने उद्देश्यले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नेपाल नागरिकता अध्यादेशबारे नेकपा एमालेबाट निष्कासित नेता भीम रावल, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले विवादित एवम् भ्रामक वक्तव्यबाजी गरेका भन्दै स्थानीय आक्रोशित बनेका हुन्। आक्रोशित स्थानीयले आज विभिन्न स्थानमा उनीहरूविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई-मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजीकरण हुने भयो भनेर अनर्गल दुष्प्रचार गरेको भन्दै त्यस्ता हर्कत गर्नलाई खबरदारी गर्न प्रदर्शन गरेको रौतहटका नागरिक समाजका अगुवा राजकिशोर यादवले बताए।

देशमा अस्थिरता र द्वन्द्व चाहनेहरूको गिरोहले मधेशी जनता र महिलाहरूको पक्षमा आएकोले नपचेकाले त्यस्ता जनविरोधीको आम नागरिकले प्रतिकार गर्ने बारा जिल्लाका अगुवा एवम् प्रदेश सदस्य महम्मद समीरले बताए।

सयौँको संख्यामा नागरिकले ‘नागरिकता अध्यादेश विरोधी होसियार, आफ्नै देशमा शरणार्थी बनाउन पाइँदैन।’ ‘जनविरोधी देउवा-प्रचण्ड मुर्दावाद, नेपाल सरकारको निर्णय जिन्दावाद, मधेश विरोधी उपेन्द्र माधव मुर्दावाद’, ‘नागरिकको भविष्यसँग खेलबाड गर्न पाइँदैन, नागरिकताविरोधी नेता चाहिँदैन।’ ‘ओली सरकार जिन्दावाद, राष्ट्रिय एकता जिन्दावाद।’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए।

झुटो र भ्रामक सन्देशमार्फत साम्प्रदायिकता भड्काउन खोजेको भन्दै हिजो मात्र वीरगञ्जमा नेकपा एमालेका निष्कासित नेता भीम रावलको पुतला दहन गरिएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here