महोत्तरी : कोरोना संकट व्यवस्थापन समितिलाई २५ लाख बराबरको अक्सिजन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री सहयोग प्रदान गरिएको छ।

एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि वर्ल्ड भिजन इन्टरनेशनल नेपालले जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुधबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।

स्वास्थ्य सामाग्रीहरूमा ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्प्रेचर, ७० वटा पि.पि.ई. सेट, १ वटा अक्सिजन कन्सन्ट्रेटर, १२ प्याकेट सर्जिकल माक्स ७२ वटा एन–९५ मास्क, ५ लिटर स्यानिटाइजर, १२ वटा सोप लिक्विड हयाण्ड वास प्रदान गरिएको छ।

त्यसैगरी, महोत्तरीको वर्दिवास अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ। बर्दिबास अस्पताललाई नेपाल रेडक्रस सोसाइटी उप–शाखा कार्यालय बर्दिबासले ४० थान अक्सिजन सिलिन्डर प्रदान गरेको हो। कोरोना संक्रमित बिरामीहरुका उपचारका लागि अस्पतालमा रहेको अक्सिजन सिलिन्डरमा रिफिल गरेर हस्तान्तरण गरिएको रेडक्रस उप–शाखाका सभापति मुकुन्द प्रसाद पौडेलले जनाए।

बर्दिबास उद्योग वाणिज्य संघ वर्दिवासका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले बर्दिबास नगरपालिकाका स्वास्थ्य शाखा उप–संयोजक तथा कोभिड–१९ व्यवस्थान कोर्डिनेटर रामबाबु यादवलाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएका हुन्।

स्वास्थ्य सामग्री वितरणमा जिल्ला समन्वय समितिका प्रमुख सुरेश प्रसाद सिंह, महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थ राज भट्टराई, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here