सर्लाही : लालबन्दी नगरपालिका-१७ मा सरेको तरकारी बजारमा अत्यधिक भीडभाड बढ्न थालेको छ।

नगरपालिकाको डुमडुमे बजारबाट केही दिनअघि मात्रै यहाँ सरेको बजारमा तरकारी बिक्री गर्न आएका किसान तथा खरिद गर्न आएका व्यापारीले कोरोना महामाहरीमा सामाजिक दूरी पालना नगरेका र संक्रमण बढ्ने भन्दै स्थानीय त्रसित हुन थालेका छन्।

हाल रानीगन्जमा लाग्दै आएको यो तरकारी बजार‍ पूर्वपश्चिम राजमार्गबाट २०० मिटर तल कालिन्जोर माविको पछाडि लाग्न थालेको छ।

बजार नगरपालिकाले बिहान ७ देखि ११ बजेसम्म मात्र खुलाउन भने पनि बेलुकासम्म नै भीडभाड बढ्न थालेको स्थानीयले बताएका छन्।

तरकारी बजारमा हाल कुनै पनि स्वास्थ्य मापदण्ड पालना नगरिएको रानीगन्जका एक शिक्षकले बताए। बिनामास्क कृषक तथा व्यापारी त्यस क्षेत्रमा आउनेजाने गरेका उनले बताए।

साथै नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाउन र नगरको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न गराउन पनि निर्णय गरेको थियो।

नगर उपप्रमुख शान्ति लामाको अध्यक्षता तथा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशी र कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष रामदरेश चाैधरी र अन्य सरोकारबालाको सहभागितामा बसेको बैठकले यो निर्णय गरेको थियो।

बैठकले कोरोना नियन्त्रणमा उच्च सुरक्षा तथा सावधानी अपनाउन सबैसमक्ष आग्रह पनि गरेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here