कोरोनाबाट ज्यान गुमाउनेको संख्या घट्न थाल्यो, संक्रमणदर पनि ओरोलो लाग्द

देशभर कोरोना संक्रमित र मृतकको संख्या घट्न थालेको छ। परीक्षण दायरा लगभग स्थिर हुँदा पनि संक्रमित र मृतकको संख्या घट्दै गएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ९ सय ९२ जनाको परीक्षण गर्दा ६ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ। २० हजार ४ सय १४ जनाको पिसिआर परीक्षण गर्दा ६ हजार ७ सय ३१ र ५ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने बढ्दै जान थालेसँगै सक्रिय संक्रमित पनि केही घटेका छन्।

आज सक्रिय संक्रमित संख्या १ लाख १६ हजार ४ सय ७६ रहेको छ। गत २४ घण्टामा १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

बुधबार काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो। यसमध्ये काठमाडौँमा १ हजार १ सय ३९, ललितपुर २ सय ४१ र भक्तपुरमा १ सय १३ जना संक्रमित थपिएका थिए।

हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here