वेदकोटको स्वास्थ्य शाखाकी सिनियर अनमी सरस्वती कार्कीको कोरोना संक्रमणका कारण बुधबार राति मृत्यु भएको छ।

५० वर्षीय कार्कीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो। कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो।

भीमदत्त नगरपालिका-६ की कार्की केही दिनअघि बिरामी भएपछि घर बिदामा बसेकी थिइन्। उनलाई अक्सिजनको कमी देखिएर स्वास्थ्य समस्या बढेपछि कोहलपुर लगिएको थियो।

दोस्रो लहरको कोरोना महामारीमा जिल्लामा ज्यान गुमाउने उनी पहिलो सरकारी कर्मचारी हुन्। गत वर्ष पनि पहिलो चरणको महामारीमा पनि वेदकोटको शिक्षा शाखाका विद्यालय निरीक्षक शंकरदत्त भट्टको ज्यान गएको थियो।

निधनप्रति कर्मचारी संगठनद्वारा दुःख व्यक्त

यसैबीच नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष देवदत्त जोशीले अनमी कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले घर परिवारमा समवेदना दिएर कार्कीको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको बताएका छन्। उनी कर्मचारी संगठनका सदस्य प्रेमसिंह कार्कीकी पत्नी हुन्। बेदकोट नगरपालिकाले बिहीबार नगरपालिकामा कार्कीको निधनमा शोक बिदा दिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here