सर्लाही : सडक निर्माणको काम काम कमसल भएको पाइएपछि त्यसको रिपोर्टिङ गर्न गएका एक पत्रकारमाथि उपभोक्ता समितिका अध्यक्षले दुर्व्यवहार गरेका छन्।

काम भइरहेको  भिडियो खिचिएको भन्दै एपिवान टेलिभिजनका महोत्तरी संवाददाता नवीन चौधरीको संचार सामग्री नियन्त्रणमा लिई लिएर डिलिट गर्न बाध्य पारिएको छ।

जलेश्वर नगरपालिका– ५ स्थित पतैलीमा गुणस्तरहीन सडक ढलान गरेको भिडियो पत्रकार नवीन चाैधरीले खिचेका थिए। पत्रकार चौधरीको मोबाइल उपभोक्ता समितिका अध्यक्ष संजीव कुमार रायले खोसेर सामग्री डिलिट गराएका छन्। राय पूर्वप्रहरीसमेत हुन्।

सुनयना देवीको घरदेखि विनोद मण्डलको घरसम्म बुधबार राति सडक ढलान गरिएको थियो। बिहीबार बिहानै सडक भत्किएपछि पत्रकार चौधरीले त्यो सडकको भिडियो र फोटो खिचेका थिए।

फोटो र भिडियो खिचिरहेको देखेपछि उपभोक्ता समितिका अध्यक्ष रायले पत्रकार चौधरीलाई धम्याक्याउँदै ुकिन सडकको भिडियो र फोटो खिचेकोरु तुरुन्त डिलिट गरु भन्दै हातपात गरी मोबाइल खोसेर संचारसमग्री डिलि‍ट गरिदिएका थिए।

पत्रकार चौधरीमाथि उपभोक्ता समितिका अध्यक्ष रायले गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले घोर निन्दा र भत्सर्ना गरेको छ।

महासंघ सचिव राजकरण महतोले एक प्रेस विज्ञप्ति जारी गर्दै समाचारका विषयमा असहमति भए त्यसको कानुनी उपचारको बाटो हुँदाहुदै रायले मोबाइल थुतेर फोटो र भिडियो डिलेट गरी पत्रकारमाथि हातपात गरेको घटनाको भत्सर्ना गरेका छन्। घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरिएको छ।

महासंघद्वारा जारी विज्ञप्तिमा दोषीलाई आवश्यक कानुनी कारबाहीका दायरामा ल्याई पत्रकार र पत्रकारिताको सुरक्षाको प्रत्याभूति गराउन प्रशासनसँग माग गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here