हतियारसहित आएका युवाहरूले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरी प्रहरी इन्चार्जलाई घाइते बनाइदिएका छ्न।

घरेलु हतियारसहित उनीहरू ८-९ जनाको समूहमा चाैकीमा छिरेका थिए। उक्त समूहले धरान-१५ स्थित अस्थायी प्रहरी पोस्टमा आक्रमण गरेका हुन्। चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले भने, ‘योजनाबद्ध रुपमा हतियारसहित आएका केही केटाहरूले एक्कासि आक्रमण गरे, त्यहाँ कार्यरत असई साब घाइते भएका छन्। उनलाई उपचारका लागि लगिएको भन्ने जानकारी आएको छ।’

असई दाहाललाई खुकुरी प्रहार गरिएको र हातमा गहिरो चोट लागेको बुझिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ। असई घाइते दाहाललाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

आक्रमणको कारण खुल्न सकेको छैन। आक्रमणकारी युवालाई प्रहरीले खोजिरहेको बताएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here