आफ्नै भतिजी बलात्कार गरेको आरोपमा काका पक्रा

गुल्मी:- भतिजी बलात्कार गरेको आरोपमा रुरुक्षेत्र गाउँपालिका-२ का एक युवक पक्राउ परेका छन्।

ती युवकले १० वर्षीय बालिकालाई बुधबार जंगलमा लगेर बलात्कार गरेको स्थानीय बालबालिकाले देखेपछि घटनाबाहिर आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटना देखेपछि बालबालिकाहरुले अभिभावकहरुलाई बताएका थिए। अभिभावहरुले प्रहरीलाई खबर गरेपछि आरोपित काकालाई प्रहरीले पक्र्राउ गरेको हो।

काकाले यसअघि पनि पटक-पटक बलात्कार गर्ने गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए। आरोपित युवकलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको पाण्डेले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here