सर्लाही : गायक प्रमोद खरेल कोरोना संक्रमण मुक्त भएका छन् । पहिलो चरणको कोरोना संक्रमण जितेका उनलाई दोस्रो भेरियन्टको कोरोनाले समेत भेटेको थियो ।

गायक खरेलले सामाजिक सञ्जाल मार्फत आफुलाई आठ महिनाको अन्तरालमा २ पटक कोरोना भएको बताएका छन् । उनले कोरोना खोपको पहिलो डोज लगाए पनि कोरोना आएरै छोडको भन्दै  सबैलाई सचेत रहन आग्रह गरेका छन् । यसैबिचमा उनले उपचारमा सहयोग गर्ने डा.सौरभ श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

हौसला र सुझावको निम्ति मित्र मनिष तथा बहिनी मन्जुलाई धन्यवाद समेत दिए । साथै उनी आजबाट आइसोलेसन मुक्त भएका छन् । उनले पहिला लागेको र खोप लगाएको भए पनि सचेत हुन र सुरक्षित रहन आग्रह गरेका छन् ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here