बोष्टन : कोरोना महामारीमा परेका संक्रमितलाई सघाउने उद्देश्यले अमेरिकाको बोष्टनमा रहेका नेपालीले सहयोग रकम नेपाल पठाएका छन्।

कोरोना महामारी सहयोग अभियानको नाममा संकलन गरिएको २ हज़ार ४० (करिब २ लाख ८५ हजार) डलर राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनको नाममा पठाइएको बोष्टन निवासी हरि काफ्लेले बताए।

काफ्लेले भने, ‘प्रभु मनीबाट आज (शुक्रबार) रकम पठाएका छौं। महावीर पुन नेतृत्वको राष्ट्रिय अविस्कार केन्द्रमार्फत रकम कारोना संक्रमितको उपचारमा प्रयोग हुने छ।’

विष्णु राई नेतृत्वको कोरोना महामारी सहयोग अभियानको बैंठकमा समिति सदस्य प्रिया ढुंगेलले नेपालमा कारोनाको कहर बढेको भन्दै सहयोग रकम संकलन गरी पठाउनुपर्ने प्रस्तावअनुसार रकम संकलन गरिएको थियो।

नेपाल कोरोना कहरबाट छटपटाइरहेको अवस्थामा हाम्रो सानो सहयोग धेरै नेपाली दाजुभाइको उपचारमा सहयोग पुग्ने विश्वास लिएको ढुंगेलले बताइन्।

समितिले हरि काफ्ले र चन्द्रदेव मण्डललाई रकम संकलन गरि नेपाल पठाउन जिम्मेवारी तोकेको थियो। दुई दिनको छोटो समयमा बोष्टन बस्ने विभिन्न २५ जनाबाट रकम संकलन गरिएको थियो।

यसअघि पनि गायक रामकृष्ण ढकालले पनि अमेरिकाका विभिन्न स्थानमा रहेकाहरूबाट रकम संकलन गरी महावीर पुनलाई पठाएका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here