सर्लाही : सर्लाहीको विष्णु गाउँपालिकामा मुसहर समुदायकी एक युवती हिंसाको सिकार भएकी छन्।

स्थानीय एक युवतीलाई सोही ठाउँका शिवा राय यादवले बिहे गर्छु भनी भगाएर लगे। तर २० दिनपछि उनले सानो जातको भनी बिहे गर्न नसक्ने भनी छाडेको घटना बाहिरिएको छ।

यादवले ती युवतीलाई छाडेर भागेका छन्। यादवले छाडेपछि युवतीको बिचल्ली भएको छ। सानो जात भएकै कारण ती युवतीलाई शिवाले छाडेका हुन्।

माझी थरकी ती युवती दलित भएकै कारण हिंसा परेकी छन्। युवाले छाडेपछि ती युवतीलाई अहिले यादवका परिवारले गोठमा बन्दी बनाएका छन्। यादव परिवारले युवतीलाई दलित भएका कारण स्विकार्न नसक्ने भनी गोठमा थुनेर राखेका स्थानीयले बताएका छन्। युवतीलाई अहिले भत्केको गोठमा बन्दी बनाएर राखिएको छ।

तर यस विषयमा स्थानीय अधिकारकर्मी तथा समाजसेवीले केही गर्न नसकेका भन्दै स्थानीय आक्रोशित भएका छन्। उनीहरूले अधिकारकर्मी पैसामा बिकेका सम्म आरोप लगाइरहेका छन्।

यसबारे प्रहरीलाई स्थानीयले खबर गरेका छन्। साथै यी युवतीलाई उद्धार गर्न पनि उनीहरूले माग गरेका छन्। युवतीको उद्धारका साथै ती युवकलाई स्थानीयले कारबाही माग पनि गरेका छन्।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here