सर्लाही : पछिल्लो २४ घण्टामा सर्लाही जिल्लामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आज सूचना प्रकाशित गर्दै प्रशासनले जिल्लाभर १ हजार ४ सय २५ जना कोरोना संक्रमित भएका जनाएको छ। साथै हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ५६ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

हिजो कोरोनाबाट जिल्लामा कसैको पनि मृत्यु नभएको सूचनामा जनाइएको थियो। आज मृत्यु हुनेमध्ये मलंगवा नगरपालिकाका २ जना रहेका जारी सूचनामा उल्लेख छ।

साजै एक जना बरहरथवा नगरपालिकाका १ जनाको मृत्यु भएको हो।

कोरोनाबाट हालसम्म मंलगवा नगरपालिका र लालबन्दी नगरपालिकामा सबैभन्दा बढीको मृत्यु भएको छ। मंलगवामा १० तथा लालबन्दीमा पनि ८ जनाको मृत्यु भएको छ भने चक्रघट्टामा ६ तथा बरहथवा नगरपालिकामा पनि ६ जनाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ।

सर्लाहीमा हाल दोस्रो पटक निषेधाज्ञा लगाइएको छ। केही दिनअघि बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो।

निषेधाज्ञाको अवधिभर अत्यावश्यकबाहेक सबै सेवामा रोक लगाइएको छ। निषेधाज्ञाको अवज्ञा वा उल्लंघन गरेको पाइए कानुनअनुसार कडा कारबाही गरिने पनि बैठकले निर्णय गरेको थियो।

सर्लाहीका हरेक स्थानीय तहमा संक्रमित भेटिएकाले प्रशासनले जिल्लामा हुने भीडभाड नगर्न पटक पटक अनुरोध गर्दै आएको छ।

 

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here