सर्लाही : लालबन्दी जेसिजले तेस्रो स्थापना दिवसको अवसरमा हरिवन नगरपालिका-९ नयाँरोडमा रहेको मानवसेवा आश्रममा ३० हजार लागतको खाद्य सामग्री हस्तान्तरण गरेको छ।

नेपाल जेसिजको विधि पद्धति र सांगठानिक संरचनामा रही चन्द्रनिगाहपुर सिटी जेसिजले मातृत्व प्रदान गरेको लालबन्दी जेसिजले स्थापनाको खुसी साट्दै मानव सेवा आश्रममा खाधान्न हस्तान्तरण गरेको कानुनी सल्लाहकार मनोज बख्रेलले बताए।

पछिल्लो समय दोस्रो र तेस्रो भेरिएण्टको कोभिड महामारीकाबीच रहेर सबै बेघर, बेसाहारा मानवको अभिभावकीय संस्थाको रुपमा रहेको सर्लाही हरिवनको मानव सेवा आश्रममा जेसिजले सहयोग गरेको हो। उपाध्यक्ष जेसी सन्तोष पौडेलको संयोजकत्वमा खाद्यान्न हस्तान्तरण गरिएको हो।

खाद्यान्‍न सामग्रीमा चामल २५० केजी, दाल ३० केजी, चना २० केजी, आलु ६० केजी, २० लिटर तेल, १२० पिस चाउचाउ र २०० प्रति सर्जिकल मास्क हस्तान्तरण गरिएको लालबन्दी जेसिज वर्ष २०२१ का अध्यक्ष श्यामकुमार खड्काले जानकारी दिए।

हस्तान्तरण कार्यक्रममा मानव सेवा आश्रम सर्लाही जिल्ला संयोजक मनिषा केसीले स्वागत मन्तव्य राखेकी थिइन्। सहयोगी युवा मनको उनले उच्च सम्मान गरेकी थिइन्।

लालबन्दी जेसिजका तर्फबाट शुभकामना मन्तव्य राख्दै युवा व्यवसायी सुदेश ढुंगानाले निरन्तर सहयोगको प्रतिबद्धता गरेका थिए।

कार्यक्रममा सस्थापक अध्यक्ष किरण घिमिरे, वर्तमान अध्यक्ष श्याम कुमार खड्काले संस्थागत मन्तव्य, योजना, अभियान र धन्यवाद ज्ञापन गरेका छन्।

आज (शनिबार) बिहान सम्पन्न हस्तान्तरण कार्यक्रममा लालबन्दी जेसिजका कार्यकारी उपाध्यक्ष सरोज न्यौपाने, केशव खड्का, महासचिव राजकुमार सिंह, उपाध्यक्षद्वय कुमार घिमिरे, सन्तोष पौडेल लगायतको उपस्थिति थियो।

कार्यक्रम संयोजक जेसी सन्तोष पौडेल स्वयंको सहजीकरणमा खाद्यान्न हस्तान्तरण गरिएको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here