सर्लाही : मानवता सेवामा सदैव लागिपरेकी हरिवन नगरपालिका वडा नम्बर ८ निवासी महिलायुवा नेत्री सुनिता राईले आफ्नो जन्मदिनको अवसरमा खाद्यान्न सामग्री हस्तान्तरण गरेकी छन्।

हरिवन नयारोडस्थित मानव सेवा आश्रममा उनले खाधान सामग्री हस्तान्तरण गरेकी हुन्।

आज बिहान खाध तथा अत्यावश्यक सामग्रीसहित आश्रम पुगेकी सुनिताले संकटको घडीमा सहयात्रा वा सहयोग गर्न पाउनु र बेघर तथा बेसाहराको सहारा बन्न पाउँदा आफूलाई अत्यन्तै खुसी लागेको बताइन्।

आश्रममा जन्मदिन मनाउन पाउनु आफ्नो भाग्य भन्दै २० केजी चामल, ५ केजी दाल, ३ लिटर तेल, १ केजी बेसार, १ केजी मसला, नुन, ३० पिस चाउचाउ १ कार्टुन, दालमोठ, भुजा, साबुन सर्फ, बिस्कुटलगायत सामग्री हस्तान्तरण गरेकी हुन्।

करिब ६ हजारको सामग्री हस्तान्तरण गरेकी राईले खुसी साट्न सेवाआश्रममा आउनसमेत सबैलाई आग्रह गरिन्।

थोपा मिलेर सागर बन्छ, सामूहिक हातेमालोबाट नै सेवा मुलक संघ संस्था संचालन हुन् सक्ने भन्दै मानव सेवा आश्रमकी जिल्ला संयोजक मनिषा केसीले राईलाई धन्यवाद ज्ञापन गरेकी छिन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here