काठमाडाैं : तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा शनिबार बिहान ट्रक र ग्यास बुलेट ठोक्किएका छन्।

दुर्घटनापछि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग्यासको बुलेट सोही दिशातर्फ जाँदै गरेको मकै बोकेको ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ। ग्यास बुलेटको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

अहिले दुवै गाडीलाई पन्छाउन क्रेन बोलाइएको र राजमार्ग खुलाउन प्रहरी लागिपरेका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here