सर्लाही : बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात (यास) का कारण पछिल्लो तीन दिनयता नेपालमा लगाार वर्षा भइरहेको छ।

यो वायु समुद्र हुँदै भारतीय जमिनमा प्रवेश गरी कमजोर क्रममा विकसित प्रणालीको प्रभावले केही दिनयता नेपालमा पनि वर्षा र हिमपात जारी छ। चक्रवात नेपालको पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन्।

मौसमविदका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यो अवस्था अझै एक सातासम्म रहने माैसमविद्हरूको अनुमान छ।

त्यसैगरि आज राति प्रदेश २ सहित देशका धेरै स्थानमा वर्षासहित हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा आंशिक बदली, समान्य बदली रहेको स्थानहरुमा हावाहुरी, चट्यांग, मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीरअति भारी वर्षा र उच्च वेगको हावाहुरीसमेत आउने सम्भावना छ।

यस्तै उच्च पहाडी, हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षा र गण्डकी प्रदेशका केही स्थानमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडीरहिमाली भूभागका १र२ स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here