काठमाडाैं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उपचार सहयोग विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्वल थापाको परिवारले अस्विकार गर्ने जनाएका छन्।

थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारमा खर्च बेहोरिरहेको र भविष्यमा आवश्यक परे पनि प्रसाईंले दिने भनेको सहयोग आफूहरूलाई नचाहिएको थापाको परिवारजनका तर्फबाट शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रसाईंले यसअघि थापाको उपचारमा लाग्ने सम्पूर्ण सहयोग आफूले व्यहोर्ने घोषणा गरेका थिए। तर थापाको परिवारले मेडिकल व्यवसायी प्रसाईँको सहयोग अस्वीकार गरेको हो।

‘सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासनरप्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ।

हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ’, थापाको परिवारका तर्फबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा करिब दुई हप्तादेखि कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका छन्। यस क्रममा अहिले नेपाल मेडिसिटी अस्पतालमा भ्ऋःइ प्रविधिबाट उनको उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ।

चिकित्सकहरूको सल्लाहमा उज्वललाई थप अत्याधुनिक उपचार आवश्यक पर्ने देखिएपछि र त्यस उपचारको लागि लाग्ने खर्च व्यहोर्नको लागि परिवारको सहमतिमा उहाँका साथी तथा शुभचिन्तकहरूले क्राउडफन्डिङबाट आर्थिक सहयोग जुटाइरहेको जानकारी गराएको छ।

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भइसकेको विज्ञप्तिमा उल्लेख छ।

‘त्यस खातामा सहयोग गर्ने उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौँ र तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ ।

उज्वलको स्वास्थ्यप्रति तपाईंहरूको साथले हामीलाई आड भरोसा मिलेको छ’, विज्ञप्तिमा भनिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here