सर्लाही : हरिवन नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण भएको पाइएको छ।

हरिवन नगरपालिका वडा नं ७ घुर्कौलीको कुशवाहा टोलास्थित एक परिवारको परीक्षण गर्दा ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीया नातिनीसम्म गरी १४ जना संक्रमित भएका हुन्।

सुरुमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइबुहारीमा कोरोना पोजेटिभ देखिएको थियो। जेठ ५ र ७ गते परिवारका अन्य सदस्यको परीक्षण गरिएको थियो। जसमा थप १२ जनामा संक्रमण पुष्टि भएको वडाध्यक्ष नेत्रप्रसाद मैनालीले जानकारी दिए।

हरिवन नगरपालिका स्वास्थ्य शाखाका अनुसार हरिवन नगरपालिका वडा नं ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएका वडाध्यक्ष शेख मेहबुब रेजाले जानकारी दिएका छन्।

त्यस्तै हरिवन नगरपालिका वडा नं ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएका वडाध्यक्ष रेजाले जानकारी दिए।

जिल्लामा सबैभन्दा बढी कोरोना परीक्षण गराउने स्थानीय तह हरिवन नगरपालिका हो।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here