सरकारले कोभिड १९ को खोपका लागि २७ अर्ब ७५ करोड विनियोजन गरेको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

साथै वृद्ध भत्ता पनि बढाएर प्रतिव्यक्ति चार हजार बढाइएको छ।

होम आइसोलेसनमा बस्नेलाई मनोसामाजिक परामर्श घुम्ती सेवाको व्यवस्था गरिने र निशुल्क खोप उपलब्ध गराइने। सम्पूर्ण सामार्थ्य लगाइनेअर्थमन्त्री पौडेलले जानकारी दिए।

सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।

अर्थमन्त्री पौडेलले बजेटको विनियोजन गर्नुअघि शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छन्।

मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र ऋण उठाउने अध्यादेश गरी तीन वटा अध्यादेश जारी गरेकी हुन्।

सरुवा रोग अस्पताल बनाउन १ अर्ब बढी बजेट विनियोजन

काठमाडौं स् सरकारले सरुवा रोग अस्पताल बनाउन १ अर्ब बढी बजेटविनियोजन गरेको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

प्रसूति जाँचका लागि विकट स्थानमा मातृ सुरक्षा जाँचको व्यवस्था गरिनेछ। स्थानीयस्तरमा पोषण कार्यक्रमलाई ६ लाख २० हजार बालिकालकाई खोप उपलब्ध गराइने छ।

मुलुकभरका महिला स्वास्थ्यस्यंसेविकाको तलब वृद्धि गरी १२ हजार बनाइएको छ। ४० वर्षका माथिकालाई वर्षका एक पटक निशुल्क स्वास्थ्य जाँच गराइने। ५० शय्याभन्दा बढीका अस्पतालले घुम्ती सेवा दिनुपर्ने व्यवस्था गरिसएको छऽ ज्येष्ठ नागरिकलाई उपचारको व्यवस्था गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए।

१ खर्ब ७३ अर्ब ५० करोड स्थानीय तहलाई

काठमाडौं स् सरकारले स्थानिय तहलाई १ खर्ब ७३ अर्ब ५० करोड विनियोजन गरेको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

संघ प्रदेश स्थानीय तहको समन्यमा निर्माण हुने आयोजनालाई वित्तीय लगानीमा सहयोग गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here