काठमाडाैं : सरकारले भक्तपुरको दुवाकोटमा सुविधासम्पन्न अन्तरार्ष्ट्रिय अस्पताल तीन वर्षभित्र बनाइने भएको छ।

आज बजेटमार्फत अर्थमन्त्री विष्णु पाैडेलले यसबारे बताएका हुन्।

उक्त अस्पताललाई राष्ट्रिय गौरवको आयोजना बनाइने छ। काठमाडौंको जडिबुटीको करिडोर सडक पनि फराकिलो बनाइने उनले बताए। त्यस्तै धादिङमा ट्रमा सेन्टर बनाइने छ। सबै जनतालाई निरोगी बनाउन सबै प्रदेशमा आयुर्वेदिक अस्पताल बनाइने छ। न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने उनले बताए।

राहत सहुलियत आर्थिक पुनर्स्थापन

गुणस्तरीय खानेपानी सुनिश्चित गरिने बताइएको छ। खानेपानीमा मासिक २० हजार लिटर रुपैयाँमा छुट दिइने पनि उल्लेख छ। त्यस्तै निषेधाज्ञामा बिजुली शुल्कमा पनि केही छुट दिइने बताइएको छ। साथै विभिन्न खालका उद्योग इजाजत नवीकरण दस्तुरमा पनि छुट दिइने छ।

होटललाई आइसोलेसन बनाए सरकारले सेवामा छुट दिने बताएको छ। बजारमा लैजाने नासवान् बस्तुको ढुवानीमा पनि सरकारले छुट दिने बताएको छ।

वैकल्पिक अध्ययनका लागि आवश्यक परे सरकारले ऋणमा ल्यापटप उपलब्ध गराउने ‍पनि बताएको छ।

सरकारी स्वामित्वको घर लिएर व्यापार गरेकालाई ५० प्रतिशत भाडामा छुट दिइने बताएको छ। त्यस्तै कोभिड प्रभावित व्यायसायीयलाई ५ प्रतिशत छुटलाई निरन्तरता दिइने पनि बताएको छ।

सहुलियतपूर्ण कर्जामा पनि ५ प्रतिशत सहुलियत दिने भनिएको छ। सडक ऊर्जा र रेल निर्माण परियोजनमा कानुनी व्यवस्था गरिने बताइएको छ।

युवा उद्यमीलाई परियोजन धितो राखी १ प्रतिशत ब्याजमा २५ लाख दिइने व्यवस्था गरिने बताइएको छ। नेपाल भ्रमण गर्ने विदेशीलाई एक महिना भिसा थपिने पनि बजेटमा उल्लेख छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here