काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन गरेको छ।

सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

२ लाख जनालाई रोजगारी दिलाउन यो रकम विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए।

त्यस्तै सरकारले कान्ति बाल अस्पतालको पूर्वाधार निर्माणका लागि ३४ करोड बजेट विनियोजन गरेको छ।
कान्तिको आइसियू वार्ड तथा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको हो।

यस्तै सरकारले शहिद गंगालाल ह्रयद रोग केन्द्रको सेवा विस्तार गरी बाल मुटुरोग युनिट सञ्चालन एवं अपरेसन थिएटर स्तरोन्नति गर्न ५८ करोड समेत विनियोजन गरेको छ।

यसैगरी स्वास्थ बिमा कार्यक्रम सञ्चालन गर्न बजेटमा ७ अर्ब ५० करोड विनियोजन गरिएको छ। हरेक स्थानीय तहमा यो कार्यक्रम पुर्‍याउन रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए।

यसैगरी अब स्नातक तह उर्तीण गरेका व्यक्तिले अब ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँ ऋण पाउने भएका छन्।

आफ्नै व्यवसायका लागि सरकारले सो बराबरको सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको हो। सरकारले स्टार्टअप व्यवसाय प्रवर्दधनका लागि १ अर्बको च्यालेन्ज फण्ड घोषणासमेत गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here