काठमाडौं : सरकारले सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा भएको छ।
सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने अर्थमन्त्री पौडेलले जानकारी दिए।

निषेधाज्ञा अवधिभर खाद्यवस्तुमा छुट

निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिइने भएको छ।

निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने पाैडेलले बताए।

यसैगरी सरकारले तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन्।

फलफूल, दूध र तरकारी, माछा–मासु किसानले नजिकको बजारमा ढुवानी गर्दा लाग्ने भाडामा २५ प्रतिशत अनुदान सरकारले दिने बजेटमा व्यवस्था गरिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here