काठमाडौं : सरकारले गरिबी निवारण कोष खारेज गरेको छ। आज बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

गरिबी निवारण कोष खारेज गरी गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तर दिने अर्थमन्त्री पौडेलले जानकारी दिए।

साथै पाैडेलले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको बताएका छन्।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति सरकारले लिएको र त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरिने पनि पौडेलले बताए।

नेपालगंजको एकिकृत जाँच चौकी आगामी वर्ष निर्माण गरिसकिने

सरकारले नेपालगंजको एकिकृत जाँच चौकी आगामी वर्ष निर्माण सम्पन्न गर्ने भएको छ।

नेपालगंजको एकिकृत जाँच चौकी आगामी वर्ष निर्माण सम्पन्न गरिने र भैरहवाको एकीकृत जाँच चौकी शीघ्र निर्माण सम्पन्न गरिने पनि अर्थमन्त्री पौडेलले जानकारी दिए।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन

त्यसैगरी सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरेको छ। १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने पनि अर्थमन्त्री पौडेलले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here