काठमाडाैं : सरकारले कर्मचारीको तलब बढाएको छ।

आज बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन्।

बजेट भाषणका क्रममा अर्थमन्त्रीले भने, ‘राष्ट्र सेवकलाई प्रदान गरिने सेवा सुविधामा समयसापेक्ष बनाइनेछ। कोभिड–१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण तलबमानमा अपेक्षित वृद्धि गर्ने अनुकुल परिस्थिति नभएतापनि राष्ट्रसेवकको मनोबल उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी मासिक तलब रु २ हजार वृद्धि गरेको छु ।’ यस्तै महँगी भत्तालाई निरन्तरता दिएको पनि उनले बताए।

सरकारले कोभिड १९ को खोपका लागि २७ अर्ब ७५ करोड विनियोजन गरेको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

साथै सरकारले वृद्ध भत्ता पनि बढाएर प्रतिव्यक्ति चार हजार पुर्‍याएको छ।

त्यस्तै अर्थमन्त्री पाैडेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन खर्चमा पनि १५ प्रतिशतले वृद्धि भएको जनाए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्च यस वर्ष १५ प्रतिशतले बढाइएको उनले जानकारी दिएका दिए।

होम आइसोलेसनमा बस्नेलाई मनोसामाजिक परामर्श घुम्ती सेवाको व्यवस्था गरिने र निःशुल्क खोप उपलब्ध गराइने पनि बताएको छ। यसका लागि सम्पूर्ण सामर्थ्य लगाइने अर्थमन्त्री पौडेलले जानकारी दिए।

सरकारले संसद्‌का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here