काठमाडाैं : सरकारले २०७८/०७९ का लागि आज अध्यादेशमार्फत बजेट ल्याएको छ।

सिंहदरबारबाट शनिबार (आज) अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत केही नयाँ र पुरानै योजना प्रस्तुत गरेका छन्।

आज प्रस्तुत गरिएको बजेटमा कर्मचारी र ज्येष्ठ नागरिकको भत्ता वृद्धिदेखि कोभिड नियन्त्रणका लागि खोप खरिद गर्नेसम्ममा बजेट विनिजयोजन भएको छ।

अर्थमन्त्री पाैडेलले आज जारी गरेका बजेटका मुख्य मुख्य बुँदा यसप्रकार छन्। 

खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन। निषेधाज्ञा अवधिभर विद्युत् महसुलमा सहुलियत। शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने।

वृद्धभत्ता मासिक ४ हजार पुर्‍याइयो। सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढाइयो। उखु किसानलाई १५ दिनभित्र रकम भुक्तानीका लागि ८४ करोड विनियोजन।

अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत अनुदान दिइने। युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइने।

सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा। विद्यार्थीलाई सहुलियत ऋणमा ल्यापटप उपलब्ध गराइने।

तीनकुने–जडीबुटी सुरुङमार्ग निर्माण गर्न १ अर्ब ८० करोड विनियोजन।

महिला बालिकाको सुरक्षाका लागि १ अर्ब २० करोड विनियोजन। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन।

स्थानीय पूर्वाधार विकासका लागि २० अर्ब ८३ करोड विनियोजन।

पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेमा सहुलियत दिइने। आगामी साउनदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलाको उत्पादन र बिक्री वितरण गर्न नपाइने।

गरिबसँग विश्वेश्वर कार्यक्रम यथावत्, गरिबी निवारण कोष खारेज। ३ वर्षमा रासायनिक मल कारखाना बनाउन १२ अर्ब विनियोजन। बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ पुर्‍याइयो।

दूध र तरकारीमा २ वर्षभित्र आत्मनिर्भर बन्ने। गहुँमा ५ वर्ष र धानमा ५ वर्षभित्र आत्मनिर्भर बनाइने। कृषि तथा पशुपालन विकासका लागि ४५ अर्ब ९ करोड।

वन क्षेत्रमा सामुहिक खेतीलाई प्रोत्साहन,निजी जग्गामा रुख रोप्न प्रोत्साहन, सडकका किनारामा फलफूलका विरुवा रोपिने। सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने।

२०८८ सम्म पेट्रोलियम सवारी साधनलाई विद्युतीय गाडीले विस्थापन गरिने। पर्यटन क्षेत्रमा २८ अर्ब २७ करोड बजेट।
साल्ट ट्रेडिङसँग र खाद्य कम्पनीबाट ग्यास र खाद्यान्न किन्दा २० प्रतिशत छुट। काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गरिने। विपन्नको घरमा सरकारले निःशुल्क बिजुली जडान गर्ने

मदिरामा अन्तशुल्क वृद्धि। भ्याटमा दर्ता भएकाले अनिवार्य बिजक जारी गर्नुपर्ने। सामूहिक लगानी कोषमा कर नलाग्ने।

स्वदेशी वस्तुको भन्सार कर घटाइयो। केही भन्सार महसुल घटाइयो। व्यावसायिक कृषिमा लाग्ने कर ५० प्रतिशत घटाइयो।

नयाँ व्यवसायलाई ५० प्रतिशसम्म कर छुट।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here