काठमाडाैं : इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।

भर्खरै सकिएको खेलमा नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा थप गोल खाएको छ। नेपाल इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो।

खेलको सातौं मिनेटमा गोल खाएर पछि परेको नेपालले गोल खाएको एक मिनेट नबित्दै उत्कृष्ट पुनरागमन गरी खेल बराबरीमा ल्याएको थियो। नेपालले पहिलो गोल आत्मघातीमा उपहार पाएको थियो। तर पहिलो हाफको मध्यतिर नेपालले एक गोल थप्दै २-१ को अग्रता बनाउन सफल भएको थियो।

पहिलो हाफको सुरुवाती मिनेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल त्यसपछि भने निकै कमजोर रह्यो। डिफेन्समा तालमेल अभाव खड्केको नेपालले पहिलो हाफमा थप दुई गोल खान पुग्यो।

दोस्रो हाफमा पनि कमजोर प्रदर्शन जारी राखेको नेपालले थप दुई गोल खान पुग्यो।

एक मिनेटको अन्तरमा २ गोल गर्दै घरेलु टोलीले अग्रता कायम गरेको थियो। ३९ औ मिनेटमा बराबरीमा ल्याएको इराकले ४० औं मिनेटमा अग्रता बनायो।

यसअघि खेलको ३० औं मिनेटमा मनिष डाँगीले नेपाललाई अग्रता दिलाएका थिए। सन्तोष तामाङको चलाखीपूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै मनिषले डेब्यु गोल गरे।

गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गरे। मनिषले गोल गरेसँगै इराकविरुद्ध २० वर्षपछि गोल गर्ने खेलाडी बनेका छन्। यसअघि सन् २००१ मा निराजन रायमाझीले २ र हरि खड्काले १ गोल गरेका थिए।

सुरुवाती अग्रता इराकले लिएको थियो। नेपाली डिफेन्डरले फाउल गरेपछि सातौं मिनेटमा पाएको अवसरमा कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरेका थिए।

उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो। तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रह्यो।

​इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो।

१३ औं मिनेटमा अन्जनले डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए। त्यस्तै खेलको अतिरिक्त समयमा थप एक गोल गर्दै इराकले पहिलो हाफमा ४-२ को अग्रता बनाएको थियो।

त्यसपछि पनि नेपाल लयमा फर्किन सकेन र थप दुई गोल खान पुग्यो। फिफा वरीयतामा नेपालमा भन्दा निकै माथिको देश हो इराक। विश्व फुटबलको वरीयतामा इराक ६८ औं स्थानमा रहँदा नेपाल भने १ सय ७१ औं स्थानमा छ।

सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जित्दा त्यस त्यसबेला दक्षिण कोरियासँगै इराकले पनि विश्वकप खेलेको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here