काठमाडौं । महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु–भाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । प्रहरीका प्रवक्ता विष्टको अनुसार घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु–भाइको मृत्यु भएको हो ।

शनिबार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु–भाइलाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । त्यहाँँ प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउनेबित्तिकै उनीहरुको मृत्यु भएको थियो।

दुबै दाजु–भाइ खेल्दाखेल्दै खाल्डोसम्म पुगेर डुबेको स्थानीयले बताएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here