काठमाडौं । कोरोना संक्रमित श्रीमानको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्म’हत्या गरेकी छन् ।

बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर आत्म’हत्या गरेकी हुन् ।

डडेल्धुरा अस्पतालमा भेन्टिलेटरमा उपचारका क्रममा ज्यान गुमाएका कठायतकी श्रीमतीले नजिकैको जंगलमा झुण्डिएर आत्म’हत्या गरेको वडाध्यक्ष खगेन्द्र रावतले बताए । शनिबार बिहान करिब साढे ९ बजेतिर डडेल्धुरा अस्पतालमा कठायतको मृत्यु भएको थियो ।

‘ज्वरो र रुघाखोकी लागेपछि जिल्ला अस्पतालमा भर्ना भएका कठायतलाई जेठ २ गते अस्पतालले डडेल्धुरा रेफर गरेको थियो ।मृत्यु लगत्तै अस्पतालबाट भागेकी रावत आत्म’हत्या गरेको अवस्थामा फेला परेकी छन् । उनकी श्रीमतीसँगै काका र भाइ पनि कुरुवा बसेका थिए ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु दुवै जनाले गत वर्षको असोजमा मात्र विवाह गरेका थिए ।सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत थिइन् भने कठायतले हालै स्नातकोत्तरको अध्ययन सकेका थिए ।मृतक कठायतको शनिबार अन्त्येष्टि गरिएको छ । उनकी श्रीमती सरिताको शव परीक्षणका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here