काठमाडाैं : हिजो संघीय सरकारले अध्यादेशमार्फत बजेट ल्यायो। यो पटकको बजेटमा अघिल्लोभन्दा स्पष्ट तरिकाले संघ र प्रदेशको जिम्मेवारी छुट्याइएको छ। बजेटले केही नयाँ र आशलाग्दा योजना ल्याएका छन्।

बजेटमा स्थानीय तहलाई विशेष स्थान दिइएको छ। राष्ट्रिय गाैरवका आयोजनालाई समयमै सम्पन्न गर्ने तथा शिक्षा र स्वास्थ्यमा अधिकतम बजेट खर्च गर्ने सरकारले लक्ष्य लिएको छ। कामचलाउ सरकारले बढाएर ल्याएको बजेटको आकारले स्थानीय तहलाई पनि थप नयाँ कार्ययोजना दिइएको छ।

सर्लाही जिल्लाका स्थानीय तहहरुलाई संघीय सरकारबाट हस्तान्तरण हुने समानीकरण (निसर्त) अनुदान यस्तो छ।

१ कौडेना गाउँपालिका (१० करोड १४ लाख)
२ चक्रघट्टा गाउँपालिका (१० करोड ४३ लाख)
३ धनकौल गाउँपालिक (९ करोड ७९ लाख)
४ पर्सा गाउँपालिका (९ करोड १५ लाख)
५  बसवरिया गाउँपालिका (९ करोड ४१ लाख)
६ ब्रह्म्पुरी गाउँपालिका (१० करोड ९७ लाख)
७  रामनगर गाउँपालिका (१० करोड ५३ लाख)
८ विषणु गाउँपालिका (१० करोड ५ लाख)
९ चन्द्रनगर गाउँपालिक (११ करोड ६९ लाख)
१०  लालबन्दी नगरपालिका (१६ करोड ९८ लाख)
११  हरिवन नगरपालिका (१४ करोड २८ लाख)
१२  बाग्मती नगरपालिका (१३ करोड ५५ लाख)
१३  बरहथवा नगरपालिका (१७ करोड ९८ लाख)
१४  हरिपुर नगरपालिका (१२ करोड ४३ लाख)
१५ ईश्वरपुर नगरपालिका (१६ करोड ४६ लाख)
१६ हरिपुर्वा नगरपालिका (११ करोड ७१ लाख)
१७  कबिलासी नगरपालिका (१२ करोड ९९ लाख)
१८ बलरा नगरपालिका (१३ करोड ९२ लाख)
१९ गोडौता नगरपालिका (१४ करोड २ लाख)
२० मलङ्वा नगरपालिका (१४ करोड ७३ लाख)

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here