धादिङ : थ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने गरी सञ्चालनमा आएको धादिङको गल्छी–चकमके–फेदीखोला सडक कालोपत्रे गरिने भएको छ ।

गल्छीचोकबाट शूरु भई गोगनपानी, रानीमाला चकमके हुंदै फेदीखोला सम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न संघीय सरकारले ६८ करोड वजेट विनियोजन गरेको गल्छी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष भरत तामाङले बताए।

सीतापाइलाबाट ,भिमढुंगाा, नर्सरी भन्ज्याङ लामिडाँडा हुंदै गल्छी जोड्ने सडक निर्माणभई प्रयोगमा आईसकेको र कालोपत्रे हुंदा सो सडकखण्डको १५ किलोमिटर भाग समेटिने अध्यक्ष तामाङले जानकारी दिए ।

यातायात सञ्चालनमा भएको बेला नियमित रुपमा हजारौं यात्रुहरुलाई सास्ती दिने नौबिसे–नागढुङ्गा–कलंकी सडकको सवारी जामलाई कम गर्न गल्छी भिमढुंगा, सीतापाईला सडकलाई वैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने गरी २०६० सालमा निर्माण गरिएको हो ।

स्थानीय तहलाई रेडक्रसको सहयोग

नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले धादिङका सबै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा तथा अति आवश्यक सामाग्रीहरु उपलव्ध गराउने भएको छ ।

जिलामा रहेका तीनवटै सुरक्षा निकाय र धादिङ अस्पतालले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल, रेडक्रस उपशाखा, एम्बुलेन्स चालक समाज र संचारकर्मीहरुका लागि विभिन्न स्वासथ्य सुरक्षा सहयोग सामाग्री बितरण गर्न लागिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र संक्रमितहरको उपचारमा सहयोग पु¥याउन जिल्लाका १३ वटै स्थानीय तहले सञ्चालनमा ल्याएको आईसोलेशन व्यवस्थापनका लागि रेडक्रसले विभिन्न सामाग्रीहरु सहयोग गरिरहेको रेडक्रस जिल्ला शाखा सभापति नारायण प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

रेडक्रसले जिल्लाका सबै स्थानीय तहलाई आईसोलेशन व्यवस्थापनका लागि हरेक स्थानीय तहमा सर्जिकल मास्क, केएन नाईन्टि फाईभ मास्क, पिपिई सेट,साबुन स्यानीटाईजर लगायतका सामाग्री वितरण गर्न लागेको हो । जस्मा २७ हजार ४०० थान सर्जिकल मास्क, ९ सय १० वटा केएन नाईन्टि फाईभ मास्क,ग्लोब्स ५०० जोर,स्यानीटाईजर उक सय एमएलको १७० वटा र खुल्ला ६० लिटर बितरण गर्न लागेको जनाएको छ ।

यसै गरी जिल्ला अस्पताल धादिङले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा २ वटा ठुला त्रिपाल राखेर क्ुरुवा घर निर्माण गरिदिनुका साथै अन्य आवश्यक सामाग्री सहयोग गरिएको रेडक्रस धादिङ शाखाका उपमन्त्री नारायणकुमार श्रेष्ठले बताए ।

रेडक्रसले स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेपछि स्थानीय तहलाई विपदका बेला केही राहत मिलेको सिद्धलेक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद सिलवालले बताए। आईतबार जिल्लाको वेनिघाटरोराङ, सिद्धलेक र गजुरी गाउँपालिकामा रेडक्रसटोली पु्गेर सामान हस्तान्तरण गरेको थियो । अन्य स्थानीय तहमा पनि यहि हप्ता भित्र वितरण गरि सकिने रेडक्रसका जिल्ला सभापति तिमिल्सिनाले वताए ।

धादिङका स्थानीय तहलाई ८० करोड ४४ लाख बजेट

धादिङ, १६ जेठ ।संघीय सरकारले आगामी आर्थिक वर्षका लागि धादिङ जिल्लाका स्थानीय तहहरुका ८० करोड ४४ लाख वजेट हस्तान्तरण गरेको छ ।

अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र देशभरका स्थानीय तहका लागि विनियोजित समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान शीर्षकमा बजेट सार्वजनिक गरेको थियो ।

यसैगरी धादिङ जिल्लाको दुई नगरपालिका र ११ गाउँपालिका समेत गरी १३ वटा स्थानिय तहहरुमध्ये सबैभन्दा वढि बजेट नीलकण्ठ नगरपालिकाले पाएको छ भने सवैभन्दा कम रुबिभ्याली गाउँपालिकामा परेको छ ।

धादिङको १३ वटा स्थानिय तहहरू मध्ये आगामी आर्थिक बर्षका लागि नीलकण्ठ नगरपालिका – ६३ करोड १ लाख, धुनिवेसी नगरपालिका – ३७ करोड २८ लाख, थाक्रे गाउँपालिका – ४५ करोड १५ लाख, गल्छी गाउँपालिका – ३५ करोड २९ लाख, गजुरी गाउँपालिका – ३८ करोड १५ लाख, बेनिघाट रोराङ गाउँपालिका – ४५ करोड ९५ लाख, सिद्धलेक गाउँपालिका – ३७ करोड ३५लाख, ज्वालामुखी गाउँपालिका – ३४ करोड ४५ लाख, त्रिपुरासुन्दरी गाउँपालिका – ४० करोड ८ लाख, गँगाजमुना गाउँपालिका – ३९ करोड ६७ लाख, नेत्रावती डवजोङ्ग गाउँपालिका – २३ करोड ८१ लाख, खनियावास गाउँपालिका – २३ करोड ८६ लाख र रुबिभ्याली गाउँपालिका – १६ करोड ४९ लाख रुपेया वजेट रहेको छ ।

चालु आर्थिक बर्षका लागि धादिङ जिल्लाको १३ वटा स्थानिय तहहरू मध्ये नीलकण्ठ नगरपालिका – ६२ करोड ८३ लाख, धुनिवेसी नगरपालिका – ३३ करोड ५४ लाख, थाक्रे गाउँपालिका – ३६ करोड २८ लाख, गल्छी गाउँपालिका – ३२ करोड ४२ लाख, गजुरी गाउँपालिका – ३२ करोड २९ लाख, बेनिघाट रोराङ गाउँपालिका – ४० करोड ९७ लाख, सिद्धलेक गाउँपालिका – ३६ करोड ५७ लाख, ज्वालामुखी गाउँपालिका – ३१ करोड ६२ लाख, त्रिपुरासुन्दरी गाउँपालिका – ३७ करोड ५९ लाख, गँगाजमुना गाउँपालिका – ३२ करोड ८२ लाख नेत्रावती गाउँपालिका – २४ करोड ३५ लाख, खनियावास गाउँपालिका – १९ करोड ९८ लाख र रुबिभ्याली गाउँपालिका – १६ करोड ६६ लाख रकम विनियोजन गरिएको थियो ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here