काठमाडाैं : हरेका वर्ष गणत्नत्र दिवसका दिन राष्ट्रपतिबाट विभिन्न समयमा कैद भुक्तान गर्दै आएकालाई माफी दिने गरिएको छ।

हिजो पनि गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका विभिन्न ठाउँमा कैदी जीवन बिताइरहेका ४ सय ३० जनालाई आम माफी दिएकी थिइन्।

जसमा सर्लाहीका पनि केही कैदी परेका छन्।

कान्छा भनिने अमरपति पासवानलाई डाँका मुद्दामा उच्च अदालत विराटनगरको आदेशपछि २०६८ साल चैत १२ गतेदेखि १२ वर्षका लागि जेल सजाय तोकिएको थियो।

उनलाई राष्ट्रपतिले कैद कट्टी गर्न आवश्यक ठहर्याएपछि कैद मिनाह गरिएको हो। उनले ९ वर्ष २ महिना २ सय ७६ दिन अगाडि नै कैद मिनाह पाएका हुन्।

त्यसैगरी सर्लाहीकै अर्का २७ वर्षीय सुवेन्द्र कुमार महतोको कैद पनि राष्ट्रपतिले मिनाह गरिदिएकी छन्। उच्च उदालत जनपुरको २०७७ चैत ११ गतेको निर्णयले उनलाई चोरी मुद्दामा ३ वर्षका लागि कैद सजाय तोकेको थियो।

त्यस्तै अजयकुमार साहलाई पनि राष्ट्रपतिले कैद मिनाह गरिदिएकी छन्। २१ वर्षे उनी सवारी ज्यान किर्तेमा सर्लाही जिल्ला अदालतले उनलाई २०७७ मंसिर १४ गते साढे तीन वर्ष कैद सुनाएको थियो।

त्यस्तै साविक भवानीपुर गाविसका रामप्रताप सहनी पनि कैदमुक्त भएका छन्। २०७५ असार ३२ गते उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा जेल चलान गरेको थियो। उनलाई १० वर्षको कैद सुनाइएको थियो।

त्यसैगरी बरहथवा नगरपालिकाका जीवन भनिने रामविश्वास महतोलाई पनि राष्ट्रपतिले कैदमुक्त गरिदिएकी छन्। महतोलाई उच्च अदालत पाटनले खोटा चलनको आरोपमा १० वर्ष कैद सुनाएको थियो। उनलाई अदालतले २०७४ कार्तिक २० गते जेलचलान गरेको थियो।

यसैगरी लालबन्दी नगरपालिकाका परवानीपुरका सन्तबहादुर बस्नेत पनि रिहा भएका छन्। २०७३ पुस ४ गते उनलाई सर्वोच्च अदालतले कर्तव्य ज्यान र जबर्जस्ती चोरी आरोपमा २० वर्षको सजाय सुनाएको थियो। उनी २०६७ माघ १८ गते जेल परेका थिए।

बस्नेतले अझै १० वर्ष ३ महिना २६ दिन जेल सजाय भुक्तान गर्न बाँकी थियो।

 

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here