ओशोको जन्म सन् १९३१ मा भएको थियो। भारतको मध्य प्रदेशसिथत कुचवाडामा उनको जन्म भएको थियो । जन्मको समयमा उनको नाम चन्द्रमोहन जैन थियो। बाल्यकालमै उनलाई दर्शनमा रुचि भयो।

उनले आफ्नो पढाइ जबलपुरमा पूरा गरे । पछि उनले जबलपुर विश्वविद्यालयमा प्राध्यापन गरे।

उनले धर्म तथा विचारधारामाथि देशभरि प्रवचन दिए । उनको आकर्षक व्यक्तित्वका कारण मानिसमाथि असर पर्ने गर्थ्यो ।

प्रवचनका साथसाथै उनले ध्यान शिविर पनि आयोजना गरे । शुरुमा उनलाई आचार्य रजनीश पनि चिनिन्थ्यो । जागिर छोडेपछि उनले नवसंन्यास आन्दोलन शुरु गरे । त्यसपछि उनले आफूलाई ओशो नाम दिए ।

सन् १९८१ देखि १९८५ सम्म उनी अमेरिकामा बसे । त्यहाँ ओरेगनमा उनले आश्रम स्थापना गरे । यो आश्रम ६५ हजार एकडमा फैलिएको थियो ।

ओशोको अमेरिका प्रवास विवादास्पद रह्यो । महंगा घडी, रोल्स रोयस कार, डिजाइनर कपडाका कारण उनी सधैं चर्चामा रहे ।

ओरेगनमा ओशोका शिष्यहरूले उनको आश्रमलाई रजनीशपुरम नामक शहरका रूपमा दर्ता गर्न चाहे तर स्थानीयहरूले यसको विरोध गरे। त्यसपछि उनी भारत फर्किए ।

भारत फर्केपछि उनी पुणेको कारेगाँव पार्क इलाकामा रहेको आफ्नो आश्रममा फर्किए । उनको मृत्यु सन् १९९० को १९ जनवरीमा भयो ।

उनको मृत्युपछि पुणे आश्रमको नियन्त्रण ओशोका शिष्यहरूले हातमा लिए । आश्रमको सम्पत्ति करोडौं रुपैयाँ रहेको मानिन्छ र यसका लागि शिष्यहरूमा विवाद छ ।

ओशोको मृत्यु प्रमाणपत्र जारी गर्ने चिकित्सक गोकुल गोकाणी लामो समयसम्म उनको मृत्युको कारणका बारेमा मौन रहे । पछि उनले मौनता तोड्दै मृत्यु प्रमाणपत्रमा गलत सूचना दिएर हस्ताक्षर लिइएको बताए ।

डाक्टर गोकाणी ओशोको मृत्युको समयमाथि पनि प्रश्न उठाउँछन् । ओशोका शिष्यहरूले उनको मृत्युको कारण हृदयघात लेख्नका लागि दबाब दिएको पनि गोकाणी बताउँछन् । ९अमेरिकामा उनलाई रासायिनक विष दिइएको चर्चा
पनि चल्ने गर्छ ।०

ओशोको आश्रममा कुनै पनि संन्यासीको मृत्युलाई उत्सवजस्तो गरी मनाइन्थ्यो । तर ओशोको मृत्यु हुँदा त्यसको घोषणा एक घन्टाभित्रै उनको अन्तिम संस्कार गरियो अनि उनको निर्वाण उत्सवलाई पनि संक्षिप्त राखियो ।

ओशोकी आमा पनि आश्रममै बस्थिन् । ओशोको सचिव भइसकेकी नीलमले पछि एक अन्तर्वार्तामा उनको मृत्युसँग जोडिएको रहस्यका विषयमा कुरा गरेकी थिइन् । ओशोको निधनको जानकारी उनको आमालाई पनि ढिलो गरी
दिइएको थियो । नीलमले एक अन्तर्वार्तामा दाबी गरेअनुसार, आमा लामो समयसम्म पनि ‘छोरा, तिमीलाई उनीहरूले मारे’ भनिरहन्थिन् ।

पुणेस्थित उनको समाधिमा लेखिएको कुराले पनि ओशोको महत्त्व थाहा पाउन सकिन्छ ः ‘कहिल्यै जन्मिएनन्, कहिल्यै मरेनन् । उनी धर्तीमा ११ डिसेम्बर १९३१ देखि १९ जनवरी १९९० का बीचमा आएका थिए ।’

सफल र खुसी जीवनका लागि ओशोको केही भनाइ यहाँ प्रस्तुत गरिएको छ।

१ अहंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ। जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’

२ तपाईंको सपना पूरा गर्नका लागि यहाँ कोही पनि छैन। किनभने, हरेक मानिस आफ्नो वर्तमान र भाग्य बनाउन लागिरहेका हुन्छन्।

३ जीवन आराम र गतिबीचको सन्तुलन हो।

४ शान्तिको सुरुवात एक मुस्कानबाट हुन्छ। म अहिले मुस्कुराउँछु, हिजो मुस्कुराएकै थिएँ र भोलि पनि मुस्कुराइरहन्छु। किनभने, रोयो भने जिन्दगी छोटो हुन्छ या भनौँ जिन्दगी रुनका लागि हुँदै होइन।

५ जहाँ डर हुन्छ त्यो बाटोमा नजानुस् । यस्तो बाटोमा हिँड्नुस् कि जसले तपाईंलाई प्रेम र खुसीले चलाओस् ।

६ कसैसँग प्रतिस्पर्धा गर्न आवश्यक छैन । तपाईं आफूमा जे हुनुहुन्छ, एकदम सही हुनुहुन्छ । पहिला आफूलाई स्विकार्नुस् ।

७ जतिवेला मैले सम्पूर्ण ज्ञान पाएको छु भन्ने लाग्छ त्यतिवेलै तपाईंको मृत्यु हुन्छ । किनकि, त्यसपश्चात् न कुनै आश्चर्य, न त आनन्द नै । त्यसपछि तपाईं मृत जीवन जिइरहेको हुनुुहुन्छ ।’

८ तपाईं त्यो बन्नुस्, जुन तपाईं सोच्नुहुन्छ कि यही नै म हुँ । यसको मतलब हो,आत्मनिर्णयलाई केन्द्रमा राखेर अगाडि बढ्नुस् ।

९।‘बढीभन्दा बढी कम ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नोस् र जीवनको मज्जा लिनुहोस् । किनकि, वास्तविकतामा यही नै जीवन हो ।

१० गम्भीरता एक बिरामी हो, आत्माको सबैभन्दा ठूलो बिरामी । ञ्चलता मानिसका लागि सबैभन्दा बढी स्वस्थकर हुन्छ।

११ हरेक चिज पहिला आफैँभित्र खोज्नुस्। नत्र तपाईं अर्को मानिससँग निर्भर रहनुपर्छ, जसले स्वयं आफैँलाई जान्दैन।

१२ बितेको समयका कारण बोझिलो भएर नबस्नुस्। जुन पाठ तपाईंले पढ्दै हुनुहुन्छ, त्यसलाई बन्द गर्नुस्। पटक–पटक एउटै कुरामा जान जरुरत छैन। सोच्नका लागि अनगिन्ती विचार छन्।

१३  यदि तपाईं कुनै काम विनाप्रेम गर्नुहुन्छ भने गुलाम बन्नुहुन्छ। यदि त्यही कामलाई प्रेमका साथ गर्नुभयो भने राजा हुनुहुन्छ । तपाईंको काम नै तपाईंको खुसी हो।

१४ कहिल्यै नसोच्नुस् कि मेरो सच्चा साथी को हो। आफैँलाई सोध्नुस्, के म कसैको सच्चा साथी हुँ? मुख्य प्रश्न यही हो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here