कोरोना भाइरसले पूरै विश्व आक्रान्त छ।

पहिलो लहरले यूरोपमा कहर नै मच्चाएको थियो । विस्तारै एसियातर्फ फैलिँदै गर्दा बेलायतबाट दोस्रो भेरियन्टको भाइरसको प्रकोप सुरु भयो। बेलायतबाट सुरु भएको दोस्रो लहरको भाइरस पहिलो भन्दा निकै आक्रामक देखियो।

पहिलो लहरमा एशियामा खासै प्रभाव नपरे पनि दोस्रो लहरले एसियालाई पूरै तरिकाले प्रभावित पार्यो। अहिले भियतनाममा अर्को खतरनाक भाइरस पुष्टि भएको छ।

दुवै लहरको चेपेटाबाट खासै प्रभाव नपरेको भियतनाममा भेटिएको नयाँ भेरियन्टको भाइरसले भने निकै क्षति पुर्याउन सक्ने आकलन गरिएको छ। भियतनामी समाचार संस्था भीएन एक्सप्रेसले नयाँ भेरियन्टको भाइरस भेटिएको पुष्टि गरेको छ।

तर, उक्त भाइरस यसअघि देखा परेका कोरोना भाइरस भन्दा निकै खतरनाक र आक्रामक रहेको वैज्ञानिकले दावी गरेका छन्।

भारतीय र बेलायती भेरियन्टबाट बनेको नयाँ भाइरस हावाबाट समेत सर्न सक्ने दावी गरिएको छ । भियतनामी सरकारी अधिकारीहरुले भीएन एक्सप्रेससँग कुरा गर्दै भनेका छन्, ‘यो भाइरस बेलायती र भारतीय भेटिन्ट मिलेर बनेको छ । यसको संक्रमण दर र क्षति पनि अघिल्ला भाइरसको तुलनामा बढी नै देखिन्छ ।’

पहिलो र दोस्रो लहरले पूरै विश्वलाई नै थिलोथिलो पारेको अवस्थामा अहिले नयाँ प्रजातिको भाइरसले विश्वसमुदायलाई पुनः एक पटक चिन्तामा पारेको छ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट पनि निकै छिटो फैलिन सक्ने खालको रहेको दावी गरेका छन्। समाचार संस्था भीएन एक्सप्रेससँग कुरा गर्दै उनले भने, ‘यसअघि देखिएका भाइरस हावाबाट सर्ने खालका थिएनन्। तर, यो दुई भाइरसबाट मिलेर बनेकाले खतरनाक र हावाबाटै सर्नसक्ने खालको छ ।’

निकै खतरनाक भनिए पनि यसको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन । विश्व स्वास्थ्य संगठनलाई भने भियतनाम सरकारले नयाँ भाइरसबारे जानकारी गराइसकेको छ । विश्व स्वास्थ्य संगठनले जाँच गरेर विवरण आएपछि यसबारे विस्तृत जानकारी दिने बताएको छ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ।

यसअघि देखा परेका भेरियन्टहरु हावाबाट सर्ने खालका थिएनन्। तर, यो नयाँ प्रजातिको भाइरस हावाबाट पनि सर्न सक्ने दावी गरिएसँगै विश्व समुदायमा पुनः अर्को त्रास थपिएको छ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here