काठमाडाैं : चीन सरकारले अनुदानमा दिन लागेको खोप लिन भोलि सोमबार नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ।

चीन सरकारले दिने भनेको १० मध्ये ८ लाख डोज खोप भोलि आइपुग्दै छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रसँगै चिनियाँ राष्ट्रपति सि जिनपिङले घोषणा गरेको अनुदानको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन जहाज चीन जान लागेको हो।

भोलि जान लागेको वाइबडीले आठ लाख डोज भेरोसेल ल्याउने भएको छ। खोप लिनका लागि जहाज सोमबार राति ११ बजे त्रिभुवन विमानस्थलबाट उड्ने भएको नेपाल वायु सेवा निगमले जनाएको छ।

चीनबाट खोप लिएर मंगलबार दिउँसो दुई बजे नेपालका लागि वाइडबडी प्रस्थान गर्ने तालिका छ। यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप अनुदानमा दिएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here