हाल कोरोनाको कहरले दिनानुदिन उच्च जोखिम बढिरहेको बेलामा लालबन्दी १६ मा यसका मिल्दोजुल्दो लक्षणहरु देखापरेको हुँदा वडा कार्यलयको सग्लनतामा स्वास्थ्य शाखा परवानीपुरको सयोजनमा स्थानीयहरुको घर-घर गई ज्वरो मापन कार्य भइरहेको छ।

वडाले मास्क, सेनिट्राइजरको कमी भएको जानकारी लालबन्दी जेसीजलाइ प्राप्त भएकोले लालबन्दी जेसीज ले ५०० थान सर्जिकल मास्क, ६ थान स्प्रे गर्न मिल्ने सेनिट्राइजर लालबन्दी जेसीज वर्ष २०२१ अध्यक्ष जेसी श्याम खडकाबाट सोही वडाका वडा अध्यक्ष गणेश थापालाई हस्तान्तरण गर्नु भएको हो।

यस हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिका वडा न १६ का वडाध्यक्ष गणेश थापा, लालबन्दी जेसीजका महासचिव जेसी राजकुमार सिङ, उपाध्यक्ष जेसी सन्तोष पौडेल, जेसी कुमार घिमिरे, जनप्रतिनिधिहरु र स्वास्थ्य कर्मीहरुको उपस्थिति रहेको लालबन्दी जेसिजका संचार संयोजक कृष्ण भण्डारीले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here