एक दशकौं पुरानो विद्यालय हाताभित्र दुई सय १५ बालबालिकाको शव गाडिएको भेटिएको छ । तिनीहरुमध्ये केही तीन वर्ष उमेरसम्मका बालबालिकाहरु पनि रहेका छन् ।

क्यानडा पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियाको यो कुनै समयमा क्यानडाकै सबैभन्दा ठूलो आवासीय विद्यालय मानिन्थ्यो ।

यी बालबालिकाहरु सन् १९७८ मा बन्द भएको क्यामलूप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थीहरू हुन् । एक सर्वेका क्रममा ग्राउन्ड पेनेट्रेसन रडार ९जिपिआर०को सहयोगमा ती बालबालिकाको शव भेटिएको बारे टेमप्लाप्स ते सेकम्प्प्स फस्र्ट नेसनका प्रमुखले जानकारी दिएका थिए ।

यसपछि प्रधानमन्त्री जस्टिन ट्रूडोले देशको इतिहासको लज्जास्पद अध्यायको कष्टदायी सम्झना भएको प्रतिक्रिया दिएका छन् । फस्र्ट नेसन संग्रहालयले ती बालबालिकाको मृत्युको कारण, समय पत्ता लगाउन विशेषज्ञ र कोरोनर कार्यालयसँग मिलेर काम गरिरहेको बताएको छ ।

ब्रिटिश कोलम्बियाको क्यामलुप्स सहरका सामुदायिक प्रमुख रोजेन्ने कासिमिरीले भने, ुप्रारम्भिक अनुसन्धानले कल्पनासमेत गर्न नसकिने क्षति देखाइरहेको छ,जसलाई विद्यालय प्रशासनले कहिले पनि समावेश गरेनन् ।ु जुनको मध्यसम्ममा ती बालबालिका बारे थप जानकारी पत्ता लाग्न सक्ने अनुमान गरिएको छ ।

१९ औं एवं २० औं शताब्दिमा क्यानडाका आवासीय विद्यालयमा आदिवासी युवालाई आफ्नो नियन्त्रणमा राख्न धार्मिक प्रशासन चलाउँथे । क्यामलुप्स इन्डियन आवासीय विद्यालय त्यतिवेला सबैभन्दा ठूलो थियो ।

रोमन क्याथोलिक प्रशासनअन्तर्गत सन् १८९० मा सुरु भएको विद्यालयमा ५०० भन्दा बढी विद्यार्थी थिए । सन् १९६९ मा विद्यालय प्रशासनलाई केन्द्र सरकारले आफ्नो माताहतमा ल्याएर १९७८ मा बन्द हुँदासम्म स्थानीय आवासीय विद्यालयको रुपमा चलाएको थियो ।

क्यानडामा सन् १८६३ देखि १९९८ सम्म एक लाख १५ हजार बालबालिकालाई परिवारबाट अलग गराएर विद्यालयमा राखिएको थियो । ती बालबालिकालाई उनीहरूको भाषा बोल्न वा संस्कृति अनुसरण गर्न अनुमति थिएन । धेरै बच्चाहरूलाई दुर्व्यवहार गरिएको थियो ।

सन् २००८ मा यस व्यवस्थाबाट परेको प्रभावबारे अध्ययन गर्न आयोग गठन गरिएको थियो । उक्त आयोगले ती विद्यालयमा ल्याइएका आदिवासी बालबालिका कहिले पनि घर नफिर्किएको रिपोर्ट सार्वजनिक गरेको थियो ।

सन् २००८ मा क्यानडा सरकारले यस नीतिप्रति औपचारिक रुपमा माफी मागेको थियो । सन् २०१५ मा ऐतिहासिक सत्यता र मेलमिलाप रिपोर्टले यसलाई सांस्कृतिक नरसंहार नीतिको रूपमा वर्णन गर्‍यो । मिसिंग चिल्ड्रेन प्रोजेक्टले आवासीय विद्यालयमा ज्यान गुमाएका चार हजार एक सय बालबालिकाको पहिचान गरेको दाबी गरेको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here