सर्लाही : कोरोना संक्रमित भएर अस्पताल भर्ना भएकी एक संक्रमितको निधन भएपछि अस्पतालले शव लैजान आफन्त गुहार गरेको छ।

मलंगवा अस्पतालमा केही दिनदेखि उपचाररत जानकीदेवी नाम गरेकी अन्दाजी ६६ वर्षकी महिलाको उपचार क्रममा मृत्यु भएपछि अस्पतालल प्रशासनले उनको शव लैजान आफन्त बोलाएको हो।

उनको २०७८ हिजो १६ गते आइतबार निधन भएको थियो। ‘मृतकको आफन्तहरूलाई चिन्नुहुने महानुभावहरूले खबर गरी सहयोग गरी दिनु हुन सम्बन्धितलाई मलंगवा नगरपालिका हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ।

कोरोना संक्रमणबाट मृत्यु भएकी उनको श्रीमान २०/२५ वर्षअघि घर छाडेर हिँडेका र छोराको मानसिक अवस्था ठीक नभएकाले जानकीदेवीको शव उठ्न नसकेको हो।

अहिले उनको शव नगरपालिकाको अस्पतालमा राखिएको र अझै केही समय उनको आफन्त आउने पर्खाइमा बसिएको मंगलवा नगरपालिका-८ का वडाध्यक्ष ईश्वरीकुमार श्रेष्ठले सर्लाही एक्सप्रेसलाई बताए।

यदि जानकीदेवीको शव लिन कसैले नआए आफूले आफ्नै खर्चमा व्यवस्थापन गरिदिने पनि वडाध्यक्ष श्रेष्ठले बताए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here