काठमाडाैं : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी भएका छन्।

विधुतिय प्रणालीबाट मतदान गरिएको सो निर्वाचनमा वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धिसागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा विजयी भएका हुन्।

शनिबार र आइतबार भएको मतदानमा ७८ प्रतिशत मतदान भएको थियो। मतदानका लागि कुल २०,१३९ मतदाता रहेकोमा १५,७६८ ले मतदान गरेका थिए। सुवेदीले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका छन् भने कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थान भएका छन्।

यसै गरी तेस्रो स्थानमा डा अर्जुन बञ्जाडे रहे। उनले ४ हजार १ सय भोट ४८ मत ल्याएका छन्। यसैगरी ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा परे।

यसैगरी वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्त विजयी भएका छन्। पन्त कृष्ण लामिछाने समूहका हुन् भने उनि वर्तमान उपाध्यक्ष हुन्। पन्तले २०१९-२०२१ मा उपाध्यक्ष पदमा विजयी हुँदा सर्वाधिक मत प्राप्त गरेका थिए।

यसैगरी उपाध्यक्षहरूमा गोपेन्द्र भट्टराई, सुमन थापा, डिलु पराजुली र विकाशराज उप्रेती विजयी भएका छन्। त्यस्तै महिलातर्फ उपाध्यक्षमा दीक्षा बस्नेत विजयी भएकी छन्।

महासचिवमा अन्जन कुमार चौलागाई, सचिवमा अनुप खनाल, महिलातर्फ सचिवमा सुनिता कँडेल ९महिला तर्फ०,कोषाध्यक्षमा राजीव श्रेष्ठ तथा सह कोषाध्यक्षमा अग्नि ढकाल विजयी भए।

प्राप्त समाचारअनुसार महिला संयोजकमा सुन्दरी गुरुङ, युवा संयोजकमा त्रिभुवन पाण्डे विजयी भएका छन्। यसैगरी संचालक समिति सदस्य (बोर्ड अफ डाइरेक्टर) मा चिकित्सक प्रकाश श्रेष्ठ, विशाल राना, बाला घिमिरे, डोलनाथ घिमिरे, प्रल्हाद सापकोटा, ज्ञानेन्द्र गुरुङ सन्तोष पहारी,आशीष संग्रौला, शान्ति पौडेल, विश्व राज बास्तोला, दुर्गेश कार्की तथा राज ढुंगाना विजयी भएका छन्।

अमेरिकाको तर्फबाट अन्तर्राष्ट्रिय परिषद् सदस्यहरूमा अमृत सापकोटा, संजीव कुमार श्रेष्ठ, बिन्दु निरौला, सुरेन्द्र मल्ल, संजय थापा, गोविन्द सुवेदी, नारायण कँडेल विनोद तिवारी तथा विष्णु शाह विजयी भएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here