सर्लाही : सर्लाहीमा फेरि निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मलंगवाले सर्लाहीमा पुनः सात दिनका लागि अर्थात् जेठ २५ गते मध्यरातसम्म निषेधाज्ञा गरेको जनाएको छ।

आज (सोमबार) साँझ सम्पन्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयबाट प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले आगामी जेठ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।

पहिलोपटक गत वैशाख २५ गते राति १२ बजेबाट सुरु निषेधाज्ञा यो लगातार चौथो पटक हो।  हालसम्म सर्लाहीमा दोस्रो पटकको कोरोना संक्रमणबाट ५९ जनाको मृत्यु भइसकेको छ।

त्यसैगरी जिल्लाभर १५ सय जना कोरोना संक्रमित भइसकेका जारी सूचनामा भनिएको छ। त्यस्तै २ हजार ६ सय २३ जनाको कोरोना परीक्षण गरिएको पनि प्रशासले जारी गरेको सूचनामा उल्लेख छ।

कोरोना भाईरस संक्रमण निरन्तर बढ्दो रहेको र मृतक संख्या पनि बढीरहेकाले थप सात दिन निषेधाज्ञा जारी राख्नुपर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको थियो।

सोही अनुसार प्रजिअ तामाङले निषेधाज्ञा आदेश जारी गरेका हुन् । दोस्रो कहरकालमा सर्लाहीमा हालसम्म दुई हजार ७०२ जनाको परीक्षण गर्दा एकहजार ५०२ जना संक्रमित भएका छन् भने ५९ जनाको मृत्यु भईसकेको छ । त्यस्तै हालसम्म ३४० जना संक्रमित निको भएको जिल्ला प्रशासन कार्यालयले जनायो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ९३० र संक्रामक रोग ऐन २०२० को दफा ९२० बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । प्रजिअ तामाङका अनुसार यसपटकको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई भने हालै सरकारले जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेश अन्तर्गत निकै कडा कार्बाही गरिने छ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति कार्यालयले अघिल्लो विहिबार कोभिड–१९ संकट व्यवस्थापन गर्न अध्यादेश ल्याएको छ।

सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गराउने, बिना काम बाहिर निस्कनेलाई दुईसय रुपैयाँ तिराउन सक्ने अध्यादेशमा व्यवस्था छ।

अनुमतिबिना वा बिरामी ओसारपोसार गर्नेबाहेक सवारी साधन चलाए कडा कार्वाही गर्नसक्ने व्यवस्था पनि छ। अध्यादेशमा यस्तो अवस्थामा दुईपांग्रेलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउन सक्ने भनिएको छ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा अन्तर्गत एम्बुलेन्स, शववाहन, खाद्य सामग्रीरऔषधीरकुखुराको चल्लारपशुपंक्षीको दानारपानीरदुधरइन्धनरफलफूल तथा तरकारी बोकेका सवारी साधनहरु, निर्माण सामग्री ढुवानीका सवारी साधन, सरकारी नम्बर प्लेटको दुई पांग्रे र चार पांग्रे सवारी साधन, झण्डाबाहक , कुटनीतिक नियोग, प्रेस पासप्राप्त सवारी साधनहरु चलाउन पाइने उल्लेख छ।

त्यस्तै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्र लगाएर हिँड्ने कर्मचार सवार भएका सवारी साधन, वैवाहिक कार्यक्रममा दुलाहा दुलही सवार दुईवटा सवारी समेत गरी बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन चलाउन पाइनेछ।

त्यस्तै निषेधाज्ञा अवधीमा स्वास्थ्य, सुरक्षा, सञ्चघार, विद्युत, खानेपानी लगायत अत्यावश्यक सेवा, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागू गरी), स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधि पसल सञ्चालन गर्न पाइने छ।)

त्यस्तै पेट्रोल पम्प, खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल (बिहान ७ बजेदेखि १) बजेसम्म खोल्न पाइने निषेधाज्ञा आदेशमा उल्लेख छ।

निषेधाज्ञा आदेशमा उल्लेखित सञ्चालन एवं खोल्न पाईने सेवा र व्यवसाय बाहेक अन्य कुनै पनि सवारी साधन एवं पसल एवं व्यापार एवं व्यवसाय सञ्चालन गर्न नपाईने र आदेशको उल्लंघन भए कडा कार्बाही गरिने प्रजिअ तामाङले चेतावनी दिएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here