बर्दियामा फेरी पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणबाट जिल्लाको मधुवन नगरपालिका ५ शान्तिपुरकि ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो।

 

थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल(भारत सीमा नजिकै रहेको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएको छ। दिउँसै बाघको आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्।बर्दियामा केही हप्ता अघि बाघ कै आक्रमणबाट निकुञ्ज कर्मचारीको मृत्यु भएको थियो।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here