रौतहट : रौतहटमा नक्कली प्रहरी बनेर रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आइतबार राति २ बजे गौर नगरपालिका–२ महादेवपट्टीमा प्रहरीको कर्मचारी भएको भन्दै स्थानीयलाई धम्काउनेलाई पक्राउ गरेको हो । स्थानियमा त्रास फैलाई निषेधाज्ञाको समयमा भारतबाट मानिस तथा समानको आवतजावत गराइदिने प्रलोभन देखाई स्थानियबाट रकम असुल गर्ने ३० वर्षिय सुशिल पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

पटेललाई पक्राउ गरि थुनामा राखेर थप अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here