सर्लाही : विष्णु गाउँपालिकामा मुसहर समुदायकी हिंसामा परेकी किशोरीले आफूविरुद्ध बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।

स्थानीय एक युवतीलाई सोही ठाउँका शिवा राय यादवले बिहे गर्छु भनी भगाएर लगेका थिए। तर २० दिनपछि उनले सानो जातको भनी बिहे गर्न नसक्ने भनी छाडेको घटना बाहिरिएको थियो।

यता पीडक पक्षले भने किशोरीका परिवारलाई प्रलोभन एवं धम्की दिन थालेका छन्।

विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय यादवविरुद्ध १७ वर्षीया ती किशोरीले अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएकी हुन्।

पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको र जाहेरी दर्ता भईसकेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।

‘पीडित किशोरी आफैले किटानी जाहेरी दिइसक्नु भएको छ’, राठौरले भने, ‘अब अभियुक्तलाई तुरुन्त नियन्त्रणमा लिनका लागि खोजतलास बढाइसकेका छौं, कानुनअनुसार अनुसन्धान एवं कारबाही बढाएका छौं।’

बिवाह गर्ने भन्दै शिवाले केही सयमअघि मुसहर समुदायकी किशोरीलाई घरबाट भगाएका थिए। स्थानीय दलित अगुवा एवं समाजवादी दलित मुक्ति महासंघका जिल्ला उपाध्यक्ष राजन बैठाका अनुसार बाराको जीतपुर तिर २० दिनसँगै राखेपछि शिवाले किशोरीलाई १५ दिनअघि उनकै घरमा ल्याएर छाडिदिएका थिए।

तर अभिभावकले घरमा पस्न नदिएपछि किशोरी फेरि शिवाकै घरमा गएको र शिवाको अभिभावकले समेत तल्लो जातको भन्दै घर भित्रन दिएका थिएनन्।

तर यस विषयमा स्थानीय अधिकारकर्मी तथा समाजसेवीले केही गर्न नसकेका भन्दै स्थानीय आक्रोशित भएका थिए। उनीहरूले अधिकारकर्मी पैसामा बिकेका सम्म आरोप लगाइरहेका छन्।

साथै यी युवतीलाई उद्धार गर्न पनि उनीहरूले माग गरेका थिए। युवतीको उद्धारका साथै ती युवकलाई स्थानीयले कारबाही माग पनि गरेका थिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here