सर्लाही : लालबन्दी नगरपालिका रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलब्ध भएको छ।

लालबन्दीमा रहेको जनज्योति माध्यमिक विद्यालयका २०६२ सेक्सन ‘ए’ ब्याचका विद्यार्थीहरूले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन्।

आज (बुधबार) एक कार्यक्रमका बीच २०६२ सालमा जनज्योति बहुमुखी क्याम्पसबाट एस.एल.सी. परीक्षा दिएर विभिन्न पेसा तथा व्यवसायमा संलग्नहरूले नगर क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्‍याउने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएका छन्।

स्वास्थ्य उपचार केन्द्रमा लालबन्दी नगरपालिकाका तर्फबाट वडा नम्बर ७ का अध्यक्ष सुरेन्द्र प्रसाद न्याैपाने, नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र खतिवडाको उपस्थतिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

जनज्योति २०६२ सेक्सन ‘ए’ को तर्फबाट शिक्षक शंकर भट्टराईले लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद घिमिरेलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा सेनिटाइजर, फेस सिल्ड, सर्जिकल मास्क, के एन ९५ मास्क, पिपिई, ग्राउन, ग्लोभ्सलगायत छन्।

कार्यक्रममा उपस्थित २०६२ ब्याचका सदस्यहरूले आफूहरूले कोरोनाको यस्तो महामारीमा स्वास्थ्य क्षेत्रमा सानै भए पनि सहयोग गर्न पाउँदा निकै खुसी लागेको र कोरोना संक्रमण न्यूनीकरणमा यसले केही सघाउ पुर्‍याउने बताएका छन्।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here