सर्लाही : कोभिड १९ रोकथामको लागि ट्रान्सर्फम नेपाल संस्थाले विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

लालबन्दी नरपालिकामा रहेको कोभिड अस्पताललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

ड्रप अफ नेपाल र चाइना फाउन्डेसन फर पोभर्टि एलिभिएसन (CFPA) नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा ५ थान अक्सिजन सिलिण्डर, ५० थान फेस शिल्ड, एक हजार थान ग्लोभ्स, के ९५ माक्स, पिपिई ५० थान, डिक्स इन्फेक्सन पम्प २ थान गरी करिब ३ लाख २७ हजार बराबरको सामग्री छन्।

ट्रन्सफर्म नेपालका अध्यक्ष दीपेन्द्र कुमार बलमपाकीले लालबन्दी नगर प्रमुख मान बहादुर खड्कालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीका साथै विभिन्न जनप्रतिनिधि, भद्र भलाद्मी र अग्रज व्यक्तिहरूको उपस्थिति रहेको ट्रन्सर्फम नेपालका फिल्ड सुपरभाइजर नकुल राईले जानकारी दिए।

Facebook Comments Box

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here